नेशनल हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेशनल हाइड्रो पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । कार्त्तिक २ गते बिहीबार मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै हाइड्रोको ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

प्रकाशित : २ कार्तिक २०८०, बिहीबार १६:४८