ब्रोकर कमिसन घटाउने बोर्डकाे निर्णय,कति प्रतिशत घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ब्रोकर कमिसन घटाउने बोर्डकाे निर्णय,कति प्रतिशत घट्यो ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बुधबार बिहान बोर्डमा बसेको बैठकले कमिसन घटाउने निर्णय गरेको हो ।

बोर्डमा उक्त निर्णय भएपछि अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयले त्यसको जवाफ पठाएपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।

करिब १० देखि १२ प्रतिशतका दरले कमिसन घटाउने निर्णय गरेको स्रोतले जनाएको छ । यसअघि बोर्डले साढे २ वर्षअघि दलाल कमिसन घटाएको थियो ।

अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी स्रोतको भनाइ छ । पछिल्लो समय लगानीकर्ताले दलाल कमिशन घटाउन माग गर्दै आएका थिए ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार १४:४५