सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १३ सय रुपैयाँले बढेर एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य एक लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार १२:५५