ब्याजदर घटेसँगै नेप्सेमा दाेहाेराे अंककाे सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्याजदर घटेसँगै नेप्सेमा दाेहाेराे अंककाे सुधार



काठमाडौं । मंगलबार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । जसमध्ये अधिकांशले ब्याजदर घटाएका छन्। ब्याजदर घटाएसँगै आज नेप्सेमा पनि सुधार देखिएको छ।

आज नेप्से परिसूचक १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा पुगेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन एक अर्ब २५ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २८९ कम्पनीको ४५ हजार ४५६ पटकको कारोबारमा एक अर्ब रुपैयाँ बराबरको ३८ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको चार करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज एनआईबिएल प्रगति फण्डको इकाईमूल्य सर्वाधिक बढेको छ। त्यस्तै, सर्वाधिक सेयर कारोबार भएको हाथवेको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १५:५४