दोहोरो अंकले ओरालो लाग्याे नेप्से परिसूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले ओरालो लाग्याे नेप्से परिसूचक



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक २३.१६ अंकले ओरालो लागेर १८५१.४३ अंकमा झरेको हो ।

साताको पहिलो कारोबार दिन २८४ कम्पनीको सेयर कारोबार हुँदा एक अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। बैंकको आज छ करोड २४ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ।

आज सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढेको छ भने सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १६:२९