सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर



काठमाडौं। सोमबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

गत आइतबार प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 16 October, 2023 11:24 am