कान्ति बाल अस्पतालमा आइतबार ओपिडी सेवा बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

कान्ति बाल अस्पतालमा आइतबार ओपिडी सेवा बन्द



काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकोले ओपिडी सेवा बन्द गर्ने जानकारी गराएको हो ।

असोज २८ गते आइतबार घटस्थापना परेकोले सरकारले सो दिन सार्वजनिक बिदा दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने अस्पतालले जानकारी गराएको छ ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार १७:४६