चाडपर्व केन्द्रित बजार अनुगमन सुरु, ४ वटा पसललाई ९० हजार जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चाडपर्व केन्द्रित बजार अनुगमन सुरु, ४ वटा पसललाई ९० हजार जरिवाना



काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा कम्पनीलाई कारबाही गरेको छ । चाडपर्व केन्द्रित बजारमा उपभोक्तालाई विभिन्न बाहनामा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको हो ।

विभागका अनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यसबाहेक, भक्तपुरको ब्यासीस्थित अर्को किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै, विभागले काठमाण्डौको अर्को किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । तर, विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन ।

विभागले गत बुधबार मात्रै २१ वटा पसलमा अनुगमन गरेको थियो । यसमध्ये अधिकांशलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार १४:४७