आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग राख्दै नेप्सेका कर्मचारी आन्दोलित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग राख्दै नेप्सेका कर्मचारी आन्दोलित



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले बुधबार धर्ना दिँदै आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग गरेका छन् । नेप्सेलाई आईपीओमार्फत् पुनः संरचना गरी सवल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन कर्मचारीहरुले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

संघमा आवद्ध कर्मचारीहरुले बुधबार अपरान्ह सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन १ घण्टासम्म नेप्सेको कार्यालयमा प्लेकार्डसहित दबाबमूलक कार्यक्रम आयोजना गरेका थिए ।

उता नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले भने सरकारले नेप्सेको पुन संरचनाको मागलाई सम्बोधन नगरेमा दसैंपछि कडा आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।

नेप्सेका कर्मचारीले यसअघि पनि नयाँ स्टक एक्सचेञ्ज ल्याउने होइन बरु हालकै नेप्सेको पुनसंरचना आवश्यक रहेकोमा जोड दिंदै आएका छन् ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार १५:००