नक्कली प्रमाण पत्र बनाएर जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बनमा, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नक्कली प्रमाण पत्र बनाएर जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बनमा, कुन-कुन परे ?



काठमाडौं । सरकारले नक्कली प्रमाणपत्र पेश गरेर नेपाली कामदारलाई जापान पठाएको भन्दै १४ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ ।

वैदेशिक रोजगार विभागले सोमबार एक निर्णय गर्दै वैदेशिक रोजगार ऐन २०६४ कोे दफा ६१ को ७ बमोजिम निलम्बन गरेको हो ।

‘जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्विकृती लिई नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने उजुरीको सम्बन्धमा विभागबाट अनुसन्धान भइरहेको छ, प्रारम्भीक अनुसन्धानबाट १४ म्यानपावर कम्पनीको संलग्नता भएको देखिएको छ’, विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विभागले उक्त म्यानपावर कम्पनीलाई निलम्वन गरी अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राखिएको समेत जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार १६:५१