काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरेको थियो।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब दोस्रो चरणमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिसेयर २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले निष्काशन गरेको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज २८ गतेसम्म लम्बिनेछ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३७ रुपैयाँ ५८ पैसा थप गरी कुल २३७ रुपैयाँ ५८ पैसाका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोसेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
Comment