काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले वेयरहाउजिङ कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई अनुमति दिएको हो ।
बोर्डले वेयरहाउजिङ कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति बोर्ड दिएको हो। यसले कुल १३ करोड ७५ लाख रुपैयाँको सेयर बिक्री गर्नेछ। यो आइपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।
त्यस्तै, अर्काे मुक्तिनाथ कृषि कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति छ। यसले कुल १३ करोड ७५ लाख रुपैयाँको सेयर बिक्री गर्नेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।
Comment