सुनको मूल्य ओरालो लाग्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य ओरालो लाग्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बिहिबार सुनको मूल्य ओरालो लागेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको सुन आज फेरी एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलमा १५ रुपैयाँले ओरालो लागेको छ । चाँदी आज तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०८०, बिहीबार ११:५३