दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार १८.६० अंकले घटेर परिसूचक २००४.३० बिन्दुमा झरेको हो ।

आज २८२ कम्पनीको ७० लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक ७.६७, विकास बैंक ५३.५८, वित्त २५.५६, होटल ४८.०२, जीवन बिमा८८.९१, निर्जीबन बिमा १००.६८, माइक्रोफाइनान्स २९.०१, जलविद्युत समूह ३३.५८, उत्पादन तथा प्रशोधन २६.५९ अंकले घटेको छ ।

नेप्से मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने लक्ष्मी भ्यालु फण्ड २ को इकाई र शुभम पावरको सेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार १५:४१