धितोपत्र बोर्डद्वारा एपीआइ कार्यविधि पारित, आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डद्वारा एपीआइ कार्यविधि पारित, आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपीआइ सम्बन्धी कार्यविधि पारित गरेको छ । उक्त कार्यविधि पारित भएपछि अब कसैले आईपीओ भरेमा बैंक खातामा पैसा भए भेरिफाई हुने र नभएको अवस्थामा तत्कालै रिजेक्ट हुनेछ।

कार्यविधि पारित भएपछि अब जसले सीडीएसको डाटाको काम गर्ने अनुमति पाएका छन् तिनीहरुलाई रियल टाइम डाटा दिन सकिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताए।

सीडीएससीको डाटासँग इन्ट्रिग्रेसन गर्ने बैंक, ब्रोकर, मर्चेन्ट बैंकलगायतहरुले यो व्यवस्था लागू गर्न सक्ने न्यौपानेले बताए। ‘धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा मेम्बरहरुलाई चाहिने डाटा अब एपीआईमार्फत दिइनेछ’, उनले भने, ‘यसका लागि उनीहरुले पनि प्रणाली विकास गर्नुपर्छ।’

उनले भने, ‘बैंक खातामा पैसा छ भने तरुन्तै भेरिफाइ हुन्छ र छैन भने रिजेक्ट हुनेछ । हामीले एपीआइ दिइ सकेपछि उनीहरुले सिआस्वाबाट सेयर भर्दा तुरुन्तै भेरिफाइ गर्न सक्छन् । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नुपर्छ । सिआस्वा सदस्यहरुले चासो राखेर तुरुन्तै भेरिफाइ गर्न खोजे भने समस्या हल हुन्छ।’

प्रकाशित : १० आश्विन २०८०, बुधबार १३:४१