तोलामा ८०० रुपैयाँले घट्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ८०० रुपैयाँले घट्याे सुनकाे मुल्य



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

मंगलबार पनि छापावाल सुन प्रतितोला प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १० आश्विन २०८०, बुधबार ११:११