दोहोरो अंकले उकालो लाग्याे सेयर बजार, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले उकालो लाग्याे सेयर बजार, काराेबार रकममा पनि सुधार



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। केहि दिनदेखि निरन्तर ओरालो लागेको बजार आज १८.४५ अंकले बढेर परिसूचक २०२२.९१ को विन्दुमा उक्लिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन एक अर्ब ५६ करोडको कारोबार भएको बजारमा आज २८६ कम्पनीको ८७ लाख ४ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। यस बैंकको आठ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज बजार दोहोरो अंकले बढ्दा नेप्सेका १३ समूहको उपसूचकमध्ये होटल तथा पर्यटन क्षेत्रकाे उपसूचक मात्रै १०.०९ अंकले घटेको छ भने बाकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूह २.११, विकास बैंक १९.८३, वित्त समूह २५.५०, जलविद्युत समूहमा ६६.६९, जीबन बीमा समूहको १३४.७८, निर्जीबन बीमा समूह ५९.२०, उत्पादन तथा प्रशोधन समूहमा २०.०६ अंक बढेको छ ।

आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग र शुभम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, आज मोलुङ्ग हाइड्रोपावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएका हिमालयन लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १५:३३