नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग-यो वन स्किल रिटेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग-यो वन स्किल रिटेक



काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन ।

वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्नेछ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै शीपको परीक्षामा पनि यो अवसर प्राप्त हुनेछ ।

परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत शीप जाँचे जस्तै हुनेछ । तर परीक्षार्थीहरूले अन्य तीन शीपको परीक्षा दिन भने आवश्यक हुने छैन । जसले गर्दा समयको बचत हुनेछ ।

आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए । ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,’ म्याकेन्जीले भने ।

‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा शीपमा दोहो¥याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौं,’ उनले भने ।

आईईएलटीएस वन स्किल रिटेक ग्रहण गर्ने संगठनहरूले आवेदनको स्तरमा सम्झौता नगरीकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन् । ‘परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउने यो पहलप्रति आईईएलटीएस पार्टनरहरूलाई पनि गर्व छ,’ म्याकेन्जीले भने ।

आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहो¥याएर दिएको शीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि शुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ ।

‘नेपालमा आईईएलटीएस परीक्षार्थीहरूलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौं,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने । यो नयाँ पहलले परीक्षार्थीहरूलाई पूर्ण सम्भावना हासिलमा सघाउने हाम्रो प्रतिबद्धता उजागर गरेकोमा हामीहरू शानसँग भन्न सक्छौं,’ उनले भने ।

मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ । गोष्ठीमा सहकारी संघ/संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सहकारी र सहकारीका सरोकारवाला निकायहरूका प्रतिनिधिहरू र इच्छुक व्यक्ति तथा संघरसंस्थाका प्रतिनिधिहरू गरी ५ सय जना भन्दा बढीको सहभागिता रहने छ ।

सहकारी संघ/संस्थाहरूको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरिवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले गोष्ठी सञ्चालन गर्न लागेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए । गोष्ठीमा लेखा सुपरिवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरूमा छलफल हुने छ ।

उनका अनुसार सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरिवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरी सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरिवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठीले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।

बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघरसंस्थाहरूको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुनेछ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूद्वारा ८ वटा विषयहरूमा कार्यपत्र प्रस्तुत हुने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताए ।

सहकारीको आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय क्षेत्रको नियामक र सहकारीका विज्ञहरूबाट सञ्चालन गरिने गोष्ठीबाट सहकारीको मूल्य, सिद्धान्त र सहकारीको दर्शन र स्वनियमनमा आधारित भएर सहकारी संस्थाहरू सञ्चालित हुने र लेखा सुपरिवेक्षण समितिको कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउनको लागि नीतिगत विषयमा दक्षता अभिवृद्धि हुनेछ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार ११:५२