नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ



व्यापारिक घराना चौधरी गु्रप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ । कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।

बहुउपयोगी र स्वस्थका हिसावले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुव्रmा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ ।

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्टनूडल्सको उपभोक्ता मूल्य रू.२५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रू. २० रहेको छ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलवार १२:२९