१ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो



काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष पहिलो महिनामा उक्त परिमाणमा विप्रेषण नेपाल भित्रिएको उल्लेख गरेको छ।

राष्ट्र बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) को वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशत वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशत बढेको थियो।

यस्तै, उक्त अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशत कमी आई ३९ हजार १ सय ५२ कायम भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशत कमी आई १६ हजार ४ सय २३ कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशत बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशत वृद्धि भई १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशत बढेको थियो।

प्रकाशित : ३१ भाद्र २०८०, आईतवार १७:२०