सिटिजन लाइफको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । बिहीबार सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो।

निष्काशन अवधिमा इन्स्योरेन्सको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ९ लाख आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको सेयर प्राप्त गरेका छन्।

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार १४:३४