स्वीटरजरल्याण्डको लागि नेपालकाे आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वीटरजरल्याण्डको लागि नेपालकाे आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त



काठमाडौं । स्वीटरजरल्याण्डका लागि नेपालकाे आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई नेपालकाे आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार १७:२१