सुनको मुल्य ताेलामा ३०० रुपै‌याले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य ताेलामा ३०० रुपै‌याले घट्याे



काठमाडौं । केहिदिन देखि निरन्तर ओरालो लागेको सुनको मुल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुुल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मुल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार ११:५६