प्रभु बैंककाे १४ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंककाे १४ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?



काठमाडौं । प्रभु बैंकले १४ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको छ। बैंकको विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यो अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार ११:३४