दोहोरो अंकले ओरालो लाग्याे सेयर बजार, एक अर्ब १५ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले ओरालो लाग्याे सेयर बजार, एक अर्ब १५ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार २८.९२ अंकले घटेर परिसूचक १९३२.४५ बिन्दुमा झरेको हो ।

२७६ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको उपसूचक १३.४९, विकास बैंक ४४.२५, वित्त १९.३०, होटल ९३.३९, जलविद्युत ५०.३९, जीवन बिमा १५०.५२, निर्जीबन बिमा १४१.६९, माइक्रोफाइनान्स ४९.५१ अंकले घटेको छ ।

कारोबारमा शुभम् पावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै आज बाराही हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी आज अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १५:१९