११ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

११ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न ११ म्युचुअल फण्डले लाभांश प्रस्ताव गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीहरुका लागि लाभांश दिने घोषणा गरेका हुन्।

हालसम्म लक्ष्मी म्युचुअल फन्डका २, कुमारी सामुहिक लगानी कोष योजनाका २, एनआईबिएल म्युचुअल फन्डका २, सिद्धार्थ म्युचुअल फन्डका २, सिटिजन म्युचुअल फन्डको १, एनआईसी एशिया बैंक म्युचुअल फन्ड, सनराइज म्युचुअल फन्ड र सिटिजन म्युचुअल फन्ड अन्तरगतका एक/एक योजना रहेका छन्।

लाभांश घोषणा भएका कुल ११ योजनामध्ये दुई खुलामुखी र ९ बन्दमुखी रहेका छन् । ९ योजनाको बुकक्लोज भैसकेको छ भने सनराइज फर्स्ट म्युचुअल फन्ड र एनआईबिएल प्रगति फन्डको इकाईका लगानीकर्ताले भने अझैपनि सेयर खरिद गरे लाभांश प्राप्त गर्न सक्नेछन् । यी दुई योजनाको बुकक्लोज हुन बाँकी छ ।

कुन म्युचुअल फण्डको कति ?

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षमा अधिकांश फण्डको लाभांश बढेको छ । लाभांश वितरण गर्ने प्रस्ताव गरेका फण्डहरुमध्ये सबैभन्दा बढी सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो।

त्यस्तै दोस्रोमा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आवको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सबैभन्दा कम लाभांश एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यस फण्डले अघिल्लो वर्षको तुलनामा गत वर्षमा लाभांश घटाएको छ । अघिल्लो वर्ष भने आफ्ना शेयरधनीलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

११ फण्डहरुमध्ये यस एनआईबिएल सहभागिता फण्ड ,सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा घटेको हो भने बाँकी सबैं फण्डको लाभांश बढेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले अघिल्लो वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्षमा ६ दशलमव ५ प्रतिशतमा झरेको हो ।

त्यस्तै सिद्धार्थ इक्वीटी फण्डले अघिल्लो वर्ष आफ्ना शेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको हो । लक्ष्मी उन्नती कोष र कुमारी धनवृद्धि योजनाले अघिल्लो वर्ष लाभांश वितरण गरेका थिएनन् ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १३:४३