सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट



काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ आज शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक पाल एसबीआई मचेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार ११:४२