काठमाडौं । ज्योति विकास बैंकले बिहीबारदेखि केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रि गर्ने भएको छ । संस्थापक सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले बिहीबारबाट ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको समयसम्म विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभए अन्य व्यक्ति, संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Comment