सुनको मुल्य बढ्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तेजावी सुनको मुल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १४ भाद्र २०८०, बिहीबार १२:३६