भदौं १६ गते देखि प्रत्येक शनिबार मेरो देश, मेरो उत्पादन Saturday Market सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भदौं १६ गते देखि प्रत्येक शनिबार मेरो देश, मेरो उत्पादन Saturday Market सुरु



काठमाडौं । भदौं १६ गते देखि प्रत्येक शनिबार मेरो देश, मेरो उत्पादन Saturday Market सुरु हुने भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहकार्यमा उद्योग क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

युवा तथा महिलाहरुमा निहित शिपलाईप्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तूहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरु बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोपभईरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्षित वर्गसम्म पुर्याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने अभिप्रायले Saturday Market सुरु गरिएको जनाइएकाे छ ।

संगठनको प्राङगणमा गर्न लागिएको यस बजारमा १७ देखि २१ सम्म वटा स्टल रहनेछन भने प्रति स्टल रु. ३०० शुल्क तोकिएको छ । बजारमा घरायासी प्रयोजनका सामाग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामाग्रि लगायतका वस्तु रहने छन । साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरुको सहभागिता रहने छ ।

आर्थिक एवं औद्यागिक विकास र स्थानीय श्रोत, साधनको प्रयोग गरी बनाईएका वस्तुको ग्रँहक पहिचानका साथै स्वरोजगारलाई वढावा दिईन प्रारम्भ गरिएको साप्ताहिक बजारले विक्रिकर्ता र खदिकर्ताको एकै थलोमा भेटघाटका लागि अवसर प्रदान गर्ने साप्ताहिक बजार आयोजना तथा सफल संचालनमा सहयोग पुग्ने व्यवसायीहरुले जनाएका छन् ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १५:२०