सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेन्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेन्ट



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रार चयन गरेको छ ।यससंगै अब सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कामहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने छ ।

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १२:५९