सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । केहि समयदेखि निरन्तर घटेको सुनको मुल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजावी सुनको मुल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार ११:५४