बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति



काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले कम्पनीलाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।

बरुणको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। यसै चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमती पाएको हो ।

कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद जारी गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १६:३७