माण्डु हाइड्रोपावरकाे आईपीओ निष्काशन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माण्डु हाइड्रोपावरकाे आईपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १२:४४