जोशी हाइड्रोपावरकाे साधारण सभा भदौ ३१ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जोशी हाइड्रोपावरकाे साधारण सभा भदौ ३१ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा भदौ ३१ गते गर्ने भएको छ । सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे हुने निर्णय भएको छ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५ प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । हकप्रद निष्कासन पश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १२:२३