सिटिजन्स म्युचुअल फन्ड -२ काे नगद लाभांश घोषणा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स म्युचुअल फन्ड -२ काे नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड -२ ले लाभांश दिने घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । लाभांश वितरण प्रयोजनका लागि भने सिटिजन्स म्युचुअल फन्ड -२ ले भदौ १९ गते बुक क्लोज गर्ने जनाएको छ । भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नेछन् ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार ११:४८