मेगा स्टक मार्केट्सको औपचारिक उद्घाटन, आइतबारबाट सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा स्टक मार्केट्सको औपचारिक उद्घाटन, आइतबारबाट सेवा दिने



काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडेले संयुक्त रुपमा मेगा स्टक मार्केट्स लिमिटेडको औपचारिक उद्घाटन गरेका हुन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि।को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जनाएको छ ।

कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो ।

भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहक वर्गले https://tms75.nepsetms.com.np/login मा लगइन गर्नु पर्ने छ ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार १७:०५