अग्रवाल सेवा समितिमा नयाँ नेतृत्व, अध्यक्षमा गिरीधारी अग्रवाल चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

विविध

अग्रवाल सेवा समितिमा नयाँ नेतृत्व, अध्यक्षमा गिरीधारी अग्रवाल चयन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७ औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका, सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएका हुन् । यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भए ।

१२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोषाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरत कुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भए । यस्तै सह कोषाध्यक्ष ऋषि कुमार अग्रवाल चयन भएका छन् ।

अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समयदेखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए । समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो ।

निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।

प्रकाशित : ७ भदौ २०८०, बिहिबार १८:३३ 24 August, 2023 6:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।