नेप्से परिसूचक ३१.५२ अंकले घट्याे, काराेबार रकममा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ३१.५२ अंकले घट्याे, काराेबार रकममा सामान्य वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकको घटेको छ । आज बजार ३१.५२ अंकले घटेर परिसूचक २०१३.९३ बिन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ।

अघिल्लो दिन बुधबार २९.४७ अंकले बढेको बजारमा एक अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५५ करोड ५ लाख ८२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक १.२९, विकास बैंक ८६.०२, वित्त ५१.६२, होटल तथा पर्यटन १०१‍.३४, जलविद्युत ५३.८६, जीवन बिमा २४२.३९, माइक्रोफाइनान्स ५६.३२, उत्पादन तथा प्रशोधन ६६.१२, निर्जीबन बिमा २४३.९३ अंकले घटेको छ ।

कारोबारमा कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस्तै मोलुङ हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । कम्पनीको सात करोड ८७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १५:२९