सेयर बजारमा हरियाली, एक कम्पनीकाे सेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, एक कम्पनीकाे सेयरमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २९.४७ अंकले बढेर परिसूचक २०४५.४५ विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २७३ कम्पनीको १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ। कारोबारमा घोराही सिमेन्ट इन्डष्ट्री शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ७ करोड ५७ लाख ६५ हजार रुपैंया भन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र लिबर्टी इनर्जीको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। साथै, सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।

आज बजार बढ्दा १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७४ अंक बढेको छ। त्यसैगरी, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १५:४०