नेपालको आयात र निर्यात दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको आयात र निर्यात दुवै घट्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१को साउन महिनामा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको छ । जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा ८.६५ प्रतिशतले कमी हो ।

अघिल्लो वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निकासी भएको थियो । साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकोमा गत साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो ।

यता वैदेशिक व्यापार पनि समग्रमा २.२८ प्रतिशतले घटेको छ । अघिल्लो बर्षको साउनमा १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेकोमा यो वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोडको मात्र व्यापार भएको छ ।

व्यापार घाटा गत वर्षको तुलनामा ०.६६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब १६ अर्ब ४७ करोडको व्यापार घाटा भएकोमा यो वर्ष १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँबराबरको व्यापार घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १५:१९