सुनचाँदीको मुल्यमा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि



काठमाडौं । बुधबार सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १२:०८