काठमाडौं । सोमबारदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर करोबार सुरु भएको छ । आज प्रतिकित्ता ४७९ रुपैयाँको दरले हाइड्रोपावरको पहिलो कारोबार भएको हो ।
अब सोही मुल्यमा नियमित कारोबार हुनेछ । नेप्सेले यस हाइड्रोपावरको पहिलो कारोबारका लागि न्यूनतम १५९.६७ रुपैयाँदेखि अधिकतम ४७९.०१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार खुला भएको हो । ‘केबीएसएच’ संकेतमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ ।





Comment