नेप्से परिसूचक २१.९१ अंकले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक २१.९१ अंकले घट्याे



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज परिसूचक २१.९१ अंक घटेर २०११.१४ विन्दुमा झरेको हो। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आइतबार २६९ कम्पनीको १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा फरवार्ड लघुवित्त वित्तिय संस्था र आरएसडिसी लघुवित्तको सेयरमूल्य उच्च अंकले बढेको छ । साथै, कृषि विकास बैंकको ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १६:१७