कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सोमबारदेखि कारोबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सोमबारदेखि कारोबारमा आउने



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। आज कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो।

कुनै पनि कम्पनीको साधारणस सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्छ। सोहीबमोजिम यो कम्पनीको सेयर पनि सोमबारबाट कारोबारमा आउने भएको छ।

नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ९ लाख ७४ हजार ९४० कित्ता (८० प्रतिशत) र सर्वसाधारण समूह (आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषसहित)को २ लाख ४६ हजार ७३५ कित्ता सेयर (२० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १५९.६७ रुपैयाँदेखि अधिकतम ४७९.०१ रुपैयाँ तोकेको छ।

यदि भोलि स्पेसल प्रि–ओपसन सत्रमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १२:०५