शोधानान्तर स्थिति मजबुद, करिब ३ खर्बले बचतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शोधानान्तर स्थिति मजबुद, करिब ३ खर्बले बचतमा



काठमाडौं । गत आर्थिक वर्षको नेपालको शोधानान्तर स्थिति मजबुद देखिएको छ। अघिल्लो वर्ष घाटामा रहेको शोधानान्तर स्थिति गत वर्ष करिब ३ खर्बले बचतमा पुगेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाउछ।

गत असारसम्ममा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको केन्द्रिय बैंकले जनाएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ । गत वर्ष आयातमा गरिएको कडाइले पनि शोधानान्तर स्थिति बचतमा पुगेको हो।

यता आर्थिक वर्ष २०७९/८० मा चालु खाता भने ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रहेको थियो।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १३:२५