सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ काे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ काे लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाले लाभांश दिने घोषणा गरेका छन्। क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको हो।

क्यापिटलले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ।

यसैगरी सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय पनि क्यापिटलले जनाएको छ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीहरुको हात भने खाली हुने भएको छ। यो योजनाका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८० का लागि लाभा‌श वितरण नगर्ने निर्णय गरेकाे पनि क्यापिटलले जनाएको छ। यी तीनै योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १२:००