सुनको मुल्य घट्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । सुनको मुल्य आज तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम कायम रहेको थियो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १२:०१