रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलले बुधबार साँझ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र सेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई सहभागी गराएर गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपीओकाे नतिजा केहि समयपछि प्रकाशन हुने छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, रिलायबल नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार १८:४३