राताम्मे बन्यो सेयर बजार,एक अर्ब ६७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राताम्मे बन्यो सेयर बजार,एक अर्ब ६७ करोडको कारोबार



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार बजार २०.३१ अंकले घटेर परिसूचक २०२५.१२ बिन्दुमा रोकिएको हो ।

२६९ कम्पनीको १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर कारोबार भएको छ। बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। आज सनराइज फोकस्ड इक्विटी फण्डको सेयरमूल्य उच्च अंकले बढेको छ भने माउन्टेन हाइड्रोको र स्वेत गँगा हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ८ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएकाे छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार १५:४१